१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

ओली र लेखकको रिहाइ माग गर्दै धनगढीमा प्रदर्शन

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा धनगढीमा पनि प्रदर्शन गरिएको छ। 

नेकपा एमालेका २३ वटा जन संगठनहरुले शनिबार धनगढीमा संयुक्त रुपमा ओली र लेखकको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन्।

एमालेको पार्टी कार्यालयदेखि शुरु भएको विरोध र्याली जिल्ला प्रशासन कार्यालयको मूल गेटसम्म पुगेको थियो।प्रदर्शनकारिहरुले राजनीतिक प्रतिशोधका कारण ओली र लेखकलाई पक्राउ गरिएको भन्दै चर्का नारा लगाएका थिए।

प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित कोणसभामा अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्का, किसान महासंघ सुदूरपश्चिमका नेता मदन रेग्मी र भूमिहीन सुकुम्वासी संगठनका केन्द्रीय उपमहासचिव लोकेन्द्र सिंहले सम्बोधन गर्दै रिहाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका थिए।

प्रकाशित: १४ चैत्र २०८२ १८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App