पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
निरन्तरको मूल्यवृद्धिले आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै राष्ट्रिय जेन-जी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले तत्काल मूल्य समायोजन गरी नागरिकलाई राहत दिन र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक















प्रकाशित: २१ चैत्र २०८२ १६:०५ शनिबार





