२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

समानुपातिक प्रणाली दलहरूको ‘सांसद पद बिक्री केन्द्र’ बन्यो: रक्षा बम

जेन–जी अभियन्ता रक्षा बमले राजनीतिक दलहरूले समानुपातिक प्रतिनिधित्व प्रणालीलाई सांसद पदको बिक्री केन्द्र बनाएको बताएकी छिन्।    

सामाजिक सञ्जालमार्फत उनले संविधानले दिएको समावेशीताका लागि व्यवस्था गरेको प्रणाली दुरुपयोग हुदैँ गएको बताएकी हुन्। लामो समयदेखी पछाडि पारिएका समुदाय, भूगोल र आवाजलाई संसदमा प्रतिनिधित्व गराउने उद्देश्यले समानुपातिक व्यवस्था आएको भएपनि  पछिल्लो राजनीतिक घटनाक्रमले यसलाई नातावाद र आफन्त भर्तीको माध्यम बनाएको  बताईन्।    

मंगलबार सार्वजनिक भएको रास्वपाको समानुपातिक सूची पछि बमले  सुदूरपश्चिमप्रति राज्यको निरन्तर उपेक्षा रहेको र राजनीतिक दलले पनि वेवस्ता गरेको बताइन्।  

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मेरो सुदूर अझै पनि सुदूर नै छ’ त्यहाँका समुदाय र भूगोललाई केन्द्रले बिर्सिरहेको छ । सुदूरपश्चिम पनि यही देशको मानचित्रमा पर्ने हुदाँ राजनीतिक दल र राज्यले सधै उपेक्षा गर्न नमिल्लने बताएकी छिन्।

प्रकाशित: १६ पुस २०८२ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App