२ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले भदौ २३ मा सहिदका नाममा सम्बोधन गर्नुपर्छ : रचना खतिवडा

रास्वपा सांसद रचना खतिवडाले भदौ २३ गते प्रधानमन्त्री बालेन्द्र शाहले सहिदका नाममा सम्बोधन गर्नुपर्ने बताएकी छिन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भदौ २३ को बलिदानबाट बनेको सरकारले सहिदको नाममा सम्बोधन गर्नुपर्ने बताएकी हुन्।

उनले भनिन्, ‘यस आन्दोलनबाट युवाले भ्रष्टाचार अन्त्य, सुशासन, सुरक्षित भविष्यका लागि बलिदान दिएका थिए, प्रधानमन्त्रीले यस दिन देशमा सहिदका नाममा सम्बोधन गर्नुहुन्छ भन्ने पूर्ण माग र आशा राखेको छु’।

यस्तै उनले जेनजी आन्दोलनका कति माग पूरा भएको देशले जान्न चाहेको बताउँदै सहिद परिवार र घाइतेका परिवारले कहिले न्याय पाउँछन् भन्दै प्रश्न गरिन्।

प्रकाशित: २ भाद्र २०८३ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App