७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्रालय तत्काललाई प्रधानमन्त्री शाहले आफैं सम्हाल्ने

प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रालय आफैं मातहत राखेका छन्।  

मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री शाहले गृह पनि आफूसँगै राखेका हुन्। रास्वपाबाट गृहमन्त्रालयमा मनिष झा, दीपक बोहोरा, डा.अमरेशकुमार सिंहसहितको नाम चर्चामा रहेपनि तत्काल कसैलाई मन्त्री नियुक्त नगर्ने तयारी प्रधानमन्त्रीको छ। 

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, 'अहिले कसैलाई बनाउने तयारी छैन। प्रधानमन्त्रीज्यू माताहत नै रहेनेछ।'

प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय सुरुबाटै आफूसँगै राख्दै आएका छन्। 

यो पनि पढ्नुहोस्

सरकार गठनको एक महिना नबित्दै दुई मन्त्रीको राजीनामा

प्रकाशित: ९ वैशाख २०८३ १५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App