प्रधानमन्त्री बालेन्द्र शाह पोखरा भ्रमणका क्रममा माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बस्ने तयारी गरेका छन्।
पोखराबाट करिब १५ किलोमिटरको दूरीमा रहेको अन्नपूर्ण इको भिलेजका ३ वटा ब्लकका १२ कोठा बुकिङ गरिएको छ। प्रधानमन्त्री र उनको भ्रमण टोली एक दिन त्यहाँ रहने छ।
प्राकृतिक वातावरण, हिमाली दृश्य र शान्त परिवेशका कारण पर्यटकको रोजाइमा पर्दै आएको रिसोर्टबाट माछापुच्छ्रे हिमशृंखला, पोखरा उपत्यका तथा आसपासका ग्रामीण बस्तीको दृश्यावलोकन गर्न सकिने छ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा रिसोर्टमा सुरक्षा तथा व्यवस्थापनका आवश्यक तयारी गरिएको बताइएको छ।
यो पनि पढ्नुहोस्
पर्यटनमा सफलताको कथा : सिंगो परिवारले हुर्काएको पर्यटनको बिरुवाप्रकाशित: ५ भाद्र २०८३ १३:२७ शुक्रबार





