प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा बाढी आएको सूचना प्राप्त भएदेखि सरकारले नागरिकको जीवनरक्षाका लागि गरेका तयारी, खोज तथा उद्धार र राहतका कामबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटको समयमा देशको नेतृत्वले जनतालाई हिम्मत र भरोसा दिनुपर्ने भन्दै सरकारले विपत्तिको यथार्थ स्वीकार गरेर संकल्प र साहसका साथ अघि बढेको बताए।
बाढी आउनुअघि नै प्रभावित क्षेत्रका नागरिकलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा सरकारले तयारी गरेको र बाढीको सूचना प्राप्त भएलगत्तै सरकारले विभिन्न निकायलाई परिचालन गरेको बताएका छन्।
प्रकाशित: १७ भाद्र २०८३ १३:२६ बुधबार



-600x400.jpg)

