प्रधानमन्त्री केपी शर्मा ओलीले हार नखाईकन काम गरे एकदिन सफलतामा पुगिने बताएका छन्। काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा उनले युवाहरूलाई आफ्नो रुचि र प्रतिभा पहिचान गरेर सङ्घर्ष गर्न नडराउन पनि आग्रह गरे।
‘दुनियाँमा मान्छेहरूले नयाँ–नयाँ सुरुवात युवा अवस्थामै गरेका छन्। सङ्घर्ष गर्नुपरे पनि सहेर, हार नखाईकन काम गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘एकदिन सफलतामा पुगिन्छ।’
देशका उदीयमान युवा प्रतिभाहरूलाई सफलतासँगै आउन सक्ने ‘घमण्ड’ प्रति सचेत रहन उनले आग्रह गरेका छन्।उनले व्यक्तिगत आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा बदल्नुपर्नेमा जोड दिँदै सफलताको शिखरमा पुग्दा पनि आफ्नो आचरण र मेहनतलाई नबिर्सन सुझाव दिए।
‘सफलताको यात्रामा विनम्रता र निरन्तरको मेहनत अनिवार्य छ,’ उनले भने, ‘हरेक मान्छेले आफ्नो आचरण, मेहनत र गुणवत्ताको सम्भावनालाई पहिल्याउनुपर्छ।’
प्रकाशित: २७ श्रावण २०८२ ०८:३५ मंगलबार


-600x400.jpg)


