प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रूपमा स्वस्थ भएका छन्। दुई दिनदेखि सामान्य ज्वरो र रुघाखोकीका कारण अस्वस्थ रहेका उनी बिहीबार साँझदेखि सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका हुन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, उनलाई सामान्य ज्वरो र रुघाखोकीले सताएको थियो। उनका निजी चिकित्सकले स्वास्थ्य परीक्षण गरी आराम गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीले आफ्ना बाहिरी भेटघाट तथा अन्य कार्यक्रमहरू स्थगित गरेका थिए।
स्वास्थ्य लाभ गरेसँगै प्रधानमन्त्री ओलीले बिहीबार साँझ सिस्नुपानी नेपालले आयोजना गरेको ‘जुरुक्क कर्णाली’ कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो सार्वजनिक सक्रियता पुनः सुरु गरेका हुन्।
उनको स्वास्थ्यमा सुधार आएसँगै रोकिएका भेटघाट तथा कार्यक्रमहरू अब नियमित हुने सचिवालयले जनाएको छ।
यो पनि पढ्नुहोस्
सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौं: प्रधानमन्त्री
प्रकाशित: ५ भाद्र २०८२ २०:२८ बिहीबार





