१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले आज संसद्‍मा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्।

सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन्। प्रधानमन्त्री ओली भोलि (शनिबार) चीन भ्रमणमा जाँदै छन्।

प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन्। ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन्।

प्रकाशित: १३ भाद्र २०८२ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App