१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्कीले यस वर्ष टीका जमरा नलगाउने

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैँको टीका जमरा नलगाउने घोषणा गरेकी छन्। जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको भन्दै यस वर्ष बडा दसैँको टीका जमरा नलगाउन सचिवालयले सोमवार जारी गरेको वक्तव्यमा उल्लेख छ। 

‘बडा दसैँ प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु छ,’ विज्ञप्तिमा भनिएको छ,‘तसर्थ, यसबर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैँको टीका जमरा नलगाउनु हुने र देश बासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ।’

प्रकाशित: १३ आश्विन २०८२ १४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App