१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की : चार मन्त्री थपिने, आजै शपथ

प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्।

प्रधानमन्त्री कार्कीले आज चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्। बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन्।

थपिने मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेको शीतल निवास स्रोतले जनाएको छ। श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ।

स्रोतका अनुसार नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ।

प्रकाशित: २६ मंसिर २०८२ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App