प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय पुगेकी छन्।
पोखरा विश्वविद्यालयको २१औं दीक्षान्त समारोहमा सहभागी बन्न आएका विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले दीक्षान्त समारोहअघि विश्वविद्यालयको २१औँ विशेष सभाको अध्यक्षता गर्दै छिन्। सभाले दीक्षान्त समारोहमा उपाधि पाउनयोग्य विद्यार्थीको ग्रेस लिस्ट पारित गर्नेछ।
दीक्षान्त समारोहमा सहभागी बनी आजै प्रधानमन्त्रीले निर्वाचनका सम्बन्धमा प्रदेशस्तरीय सुरक्षा लगायतका विषयमा छलफल गर्ने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए।
दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गराउनुका साथै उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ।
प्रकाशित: ८ फाल्गुन २०८२ १३:४६ शुक्रबार





