२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँगकाे छलफलमा प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरिरहका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।  

सचिवालयका अनुसार प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको छ।

​बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुने बुझिएको छ। यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ।

प्रकाशित: ७ वैशाख २०८३ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App