२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। 

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार असोज २३ गते उक्त अध्यादेश जारी गरेका हुन्।  

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा विपद् व्यवस्थापनसँग सम्बन्धित प्रचलित ऐनकानुनलाई समसामयिक संशोधन गर्न सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको उल्लेख छ। मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट अध्यादेश जारी भएको हो। 

प्रकाशित: २३ आश्विन २०८३ १७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App