राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्त नियुक्त गरेका छन्।
राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार ओखलढुङ्गाका गुरुप्रसाद वाग्ले र काठमाडौंका डा राजीव सुव्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रकाशित: १४ श्रावण २०८३ १७:३१ बिहीबार





