१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘जनमुक्ति सेना दिवस’ मनाउने तयारी

‘जनमुक्ति सेना नेपाल (पीएलए)’को स्थापना दिवस उदयपुरमा मनाउने तयारी भईरहेको छ । पूर्वजनमुक्ति सेना नेपाल उदयपुरले २५ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने तयारी गरेको सोमबार जानकारी दिइएको छ।  

पूर्वजनमुक्ति सेना नेपाल उदयपुरका अध्यक्ष अर्जुन तामाङले पीएलए स्थापना दिवसमा विविध कार्यक्रम गरिने बताए । सरसफाई, रक्तदान, अन्तरक्रिया, जनश्रम दान, भेला, वनभोज र सद्भाव आदानप्रदानका कार्यक्रम तय गरिएको उनले बताए ।  

वनभोज सोमबार त्रियुगा नगरपालिका ११ ढिम्कीमा हुनेछ । जहाँ  नेपाली कम्युनिष्ट पार्टीका नेतादेखि विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्वलडाकु, सामाजिक अगुवा, जनप्रतिनिधिको सहभागिता रहनेछ।

प्रकाशित: ७ मंसिर २०८२ १८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App