२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा १,२९६ जना अस्थायी मतदाताको प्रारम्भिक सूची प्रकाशित

त्रुटी सच्याउन माघ २४ सम्मको समय

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले अस्थायी मतदाता नामावलीको प्रारम्भिक सूची प्रकाशित गर्दै त्रुटी भए सच्याउन र नाम छुटेको भए समावेश गर्न माघ २४ गते सम्मको समय दिएको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी वान्दवराज दुलाल ((वपिन)का अनुसार ताप्लेजुङबाट १ हजार २ सय ९६ जनाको अस्थायी मतदाता नामावलीको प्रारम्भिक सूची प्रकाशित भएको हो ।

प्रारम्भिक सूची अनुसार ९ सय २२ जना पुरुष र ३ सय ७४ जना अस्थायी मतदाता नामावली संकलन भएको छ । निर्वाचन आयोगले सम्वन्धित जिल्लाका जिल्ला निर्वाचन अधिकारीलाई अस्थायी मतदाता नामावलीको प्रमुख नाम दर्ता अधिकारी तोकेको छ । अस्थायी मतदाता नामावलीको प्रारम्भिक सूचीमा नाम समावेश भएका तर विवरणमा त्रुटी भएका र मतदाता नामावलीमा नाम छुटेकाहरुले विवरण अद्यावधिक कार्यका लागि माघ २४ गतेसम्ममा प्रमुख नाम दर्ता अधिकारी समक्ष आबेदन दिनुपर्ने हुन्छ । अस्थायी मतदाताहरुले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने छन् ।  

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले जिल्ला निर्वाचन कार्यालयले मंगलवार नै यहाँका सबै स्थानीय तह,सुरक्षा निकाय सहितका सबै सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था र संस्थानहरुमा परिपत्र गर्दै अस्थायी मतदाता नामावलीको प्रारम्भिक सूची पठाइएको जानकारी दिए । प्रारम्भिक सूची पठाईएका निकायहरुलाई मतदाता नामावलीमा भएको त्रुटी सच्याउने र नाम छुट भएको भए थप गर्ने कार्यका लागि प्रमुख नाम दर्ता अधिकारी समक्ष निबेदन दिने कार्यमा सहजीकरण गरिदिन समेत अनुरोध गरिएको जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले जानकारी दिए ।  

ताप्लेजुङमा ९० हजार ३ सय २७ जना स्थायी मतदाताका रहेका छन् । नेपाल सरकार,प्रदेश सरकार,स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत,ब्यारेकमा रहेका नेपाली सेना,नेपाल प्रहरी वा सशस्त्र प्रहरी,कारागारमा रहेका थुनुवा र कैदी, तीन तहका सरकारमध्ये कुनै एकको स्वीकृति लिई सञ्चालनमा रहेको बृद्धाश्रममा रहेका व्यक्तिहरु र संबैधानिक निकायमा रहेका प्रमुख तथा पदाधिकारी,बित्तीय संस्था र संस्थानमा कार्यरत समेतलाई अस्थायी मतदाताका लागि योग्य हुनेछन् । 

प्रकाशित: २० माघ २०८२ १६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App