१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने, बनायो कार्यदल

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले ‘भ्रष्टाचार विरोधी अभियान’ सञ्चालन गर्न कार्यदल बनाएको छ। कार्यदलले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने प्रलोपाले जनाएको छ। 

जिएस गुरुङको संयोजकत्वमा बनाइएको कार्यदलमा जटिल कार्की, अमित खनाल, सम्झना राई, ध्रुव प्रसाद काप्री, मञ्जु मिक्चाङ र दीपक महतो सदस्य छन्। 

शुक्रबार बसेको पार्टीको विस्तारित बैठकले उक्त निर्णय गरेको थियो। बैठकले  वृहत् एकीकरण, ध्रुवीकरण र सहकार्यका लागि वार्ता र संवाद गर्ने पनि निर्णय गरेको छ। 

प्रकाशित: १३ मंसिर २०८२ १७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App