राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट विजयी भएका छन्।
मंगलबार भएको निर्वाचनमा विष्टले ३५८ मत पाए। उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाए।
सोमबारदेखि सुरु भएको अधिवेशनमा प्रदेश कार्यसमितिका अन्य पदहरुको निर्वाचन भने आज दिउँसो २ बजेपछि हुनेछ।
प्रकाशित: २ असार २०८३ ११:५४ मंगलबार





