२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

बालेनको प्रशंसा गर्दै मुख्यमन्त्रीले भने: प्रधानन्यायाधीश सिफारिस ठिक लाग्यो

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को प्रशंसा गरेका छन् ।

कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजित न्यायिक महोत्सवमा बोल्दै मुख्यमन्त्री यादवले प्रधानमन्त्री बालेनको प्रशंसा गरेका हुन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा प्रधानमन्त्री बालेनले क्रमभन्दा माथि उठेर सक्षमतालाई ध्यानमा राख्दै प्रधानन्यायाधीश सिफारिस गरेकामा मुख्यमन्त्री यादवले प्रशंसा गरेका छन् ।

उनले प्रधानमन्त्री बालेनको निर्णय देशको लागि सौभाग्यपूर्ण साबित हुने उल्लेख गरे । वर्षौदेखि चलिआएको प्रथालाई तोड्दै प्रधानमन्त्री बालेनले गरेको सिफारिसले देशको लागि नयाँ आयाम थप्ने मुख्यमन्त्री यादवको भनाइ थियो ।

त्यस्तै, मुख्यमन्त्री यादवले न्यायालयमा कार्यपालिका हावी नहुनु पर्नेमा जोड दिए । उनले कानुनको कार्यान्वयनको बिचमा राजनीतिक हस्तक्षेप हुनुनपर्ने उल्लेख गरे । यादवले उच्च अदालत जनकपुर अन्तर्गत रहेका मधेस प्रदेशका आठवटै जिल्लाका इजलाशहरुलाई निष्पक्ष रुपमा फैसला सुनाउन आग्रह गरे । उनले अपराधीलाई कारवाही होस र बेकशुरलाई सजाय नहोस भन्नेमा दृढ रह्न न्यायाधीशहरुसँग आग्रह गरे ।

कानुन दिवसको अवसरमा मधेस प्रदेशका आठवटै जिल्लाका न्यायाधीस, अदालतका कर्मचारीहरुको उपस्थितिमा जनकपुरधाममा न्यायिक महोत्सवको आयोजना गरिएको छ ।

आठवटा जिल्लाका १५०० भन्दा बढी अदालतमा काम गर्ने प्रत्यक्ष, अप्रत्यक्ष कर्मचारी, सर्वसाधारण, कानुन संकायका विद्यार्थीहरुको उपस्थिति छ ।

 

प्रकाशित: २६ वैशाख २०८३ १९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App