४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

भरतपुरको मेयर छाडेर संसदीय निर्वाचनमा जाने भइन प्रचण्ड पुत्री रेनु दाहाल

नेपाली कम्युनिष्ट पार्टीले आगामी संसदीय निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ।

पार्टीको क्षेत्र नम्बर ३ ले आज बसेको बैठकमार्फत मेयर दाहालको नाम प्रत्यक्षतर्फ एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले फागुन २१ गते तोकिएको संसदीय निर्वाचनलाई लक्षित गर्दै दाहाललाई उम्मेदवार बनाउने निष्कर्ष निकालेको जनाइएको छ।

पार्टीको निर्णयलाई कदर गर्दै जनताको विश्वास अनुसार चुनावी मैदानमा उत्रन तयार रहेको रेनुको प्रतिक्रिया छ ।

प्रकाशित: १० पुस २०८२ १६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App