नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रचण्ड आफैले मनोनयन दर्ता गराएका हुन्।
यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड गोरखा–२ बाट विजयी भएका थिए। अहिले सुरक्षित स्थान खोज्दै रुकुम पूर्व पुगेका हुन्।
यता प्रचण्डको गृह क्षेत्र चितवन–३ मा भने पुत्री रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छन्। भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रेनु प्रतिनिधिसभा निर्वाचनमा होमिएकी हुन्।
प्रकाशित: ६ माघ २०८२ १४:४२ मंगलबार





