२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

महामन्त्रीमा पौडेल र उदय, महिलातर्फ डिला विजयी

नेपाली कांग्रेसको खुलातर्फको महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भएका छन्। पौडेलले चार हजार १९४ मत प्राप्त गरेका छन्। 

यस्तै, राणाले दुई हजार ३३० मत पाएका छन्। महामन्त्रीका उम्मेदवारमध्ये डा सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शङ्कर तिवारीले १२३ र डा सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।

महामन्त्री महिलातर्फ डा डिला सङ्ग्रौला (पन्त) विजयी भएकी छन्। उनले तीन हजार ११८ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय (डिना)ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

प्रकाशित: २६ आश्विन २०८३ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App