२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

गरिब र सुकुम्बासी समृद्धिको बाधक होइनन्: पुष्पकमल दाहाल

सांसद पुष्पकमल दाहालले गरीब तथा सुकुम्बासी समुदायलाई समृद्धि र विकासको बाधकका रूपमा हेर्न नहुने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कुनै योजना र पूर्वतयारीबिना जबर्जस्ती बस्ती खाली गरेर देशको विकास सम्भव नहुने बताएका हुन्।  

उनले सरकारलाई सम्बोधन गर्दै भने , ‘बिना कुनै योजना, बिना कुनै पूर्व तयारी जबर्जस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न । ,’ राज्यले असहाय र भूमिहीन नागरिकको सहारा बन्नुपर्ने भन्दै  संविधानले नागरिकलाई दिएको अधिकारको सम्मान गर्नुपर्ने बताए। 

‘जसको कोही हुँदैन, उसको सहारा राज्य बन्नुपर्छ भनेर नेपाली जनताले लामो संघर्षपछि संविधानमा अधिकार सुनिश्चित गरेका हुन्, जबर्जस्ती उठिवास होइन, व्यवस्थित र वैज्ञानिक ढंगबाट भूमिमाथिको स्वामित्व, जीविकोपार्जन तथा बसोबासको ग्यारेन्टी गरेर मात्रै सुकुम्बासी समस्याको समाधान सम्भव छ।’ उनले भने।   

साथै गणतन्त्र स्थापनामा गरीब, मजदूर, किसान तथा निमुखा वर्गको ठूलो योगदान रहेको बताउँदै  उनीहरूलाई न्याय दिन सरकार जिम्मेवार बन्नुपर्ने बताए। ‘जनतालाई उठिवास लगाएर, बिचल्ली पारेर लोकतन्त्रको सर्भिसिङ हुँदैन,’ उनले भने।  

प्रकाशित: २९ वैशाख २०८३ १७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App