१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

राजनीतिक विश्लेषक खनाल भन्छन्ः रवि-साह सहमति सत्ताका लागि मात्रै

राजनीतिक विश्लेषक मुमाराम खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिचको सहमतिमा सत्ताका लागि पदको बाँडफाँट मात्रै देखिएको बताउँछन्। ‘सहमतिमा सुरुमा प्रधानमन्त्री को बन्ने? पार्टी सभापति को हुने? भन्ने मात्रै छ,’ खनाल भन्छन्, ‘त्यहाँ देशका मूल अजेन्डा छैनन्।’  

मुलुकको समृद्धीको लागि गर्नुपर्ने काम धेरै भएको बताउँदै उनले यस्तो बाडफाँडले उत्साह दिन नसक्ने बताए। ‘पद बाँडफाँटले मात्रै मुलुकलाई नयाँ उत्साह दिन सक्दैन’, खनालले भने, ‘कुनै दिन यही कुरा पहिले जस्तै घोर निराशाको कारक बन्ने छ।’  

प्रकाशित: १४ पुस २०८२ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App