५ असार २०८३ शुक्रबार
image/svg+xml
राजनीति

अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बाँस्कोटा

फाइल तस्बिर

कानुन, न्याय तथ मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले वैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी कामदारको हकअधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताइन्।  

आप्रवासी कामदारको एचआइभी एड्स तथा प्रजनन् स्वास्थ्य सञ्जाल नेपालद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले आप्रवासी कामदारलाई कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्ने विषयमा तीन तहका सरकारबीच समन्वयको खाँचो रहेको बताइन्।  

वैदेशिक रोजगारीमा गएका कामदारको स्वास्थ्यावस्था, सामाजिक सुरक्षा, सीप विकास, तथा उद्धारका काम राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै सभापति बाँस्कोटाले आप्रवासी कामदारको हक, अधिकार र सुरक्षा सुनिश्चित गर्न सबैपक्षले एकीकृत रूपमा काम गर्नुपर्ने उनको भनाई छ।  

साथै मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि प्रतिबद्धता व्यक्त गर्दै विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार तथा सकुशल फिर्ताका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरिन्।   

प्रकाशित: ४ असार २०८३ १८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App