४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

महासचिव पोखरेलको दाबी- ‘पार्टी एकताबद्ध हुन्छ’

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पोलिटब्यूरो बैठकले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने सङ्कल्प गरेको बताएका छन्।

शनिबार (आज) सकिएको पोलिटब्यूरो बैठकले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने सङ्कल्प गरेको महासचिव पोखरेलको भनाइ छ।

‘आजको बैठकले पार्टीलाई एकताबद्ध अघि बढाउने सङ्कल्प गरेको छ,’ बैठकपछि उनले भनेका छन्। उनले अगाडि भनेका छन्, ‘दुई दिनसम्म चलेको एमालेको पोलिटब्यूरोको बैठकले सचिवालयवाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकार गरेको छ। अब उक्त प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफलका लागि प्रस्तुत गरिनेछ।

आजको बैठकले पार्टीमा भएको ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी पटक नेतृत्व गर्न नपाउने व्यवस्था हटाइएको छ, जुन प्रावधान सचिवालय र पोलिटब्यूरोले क्रमश: हटाएका छन्।

मुख्यगरी इतर पक्षले भने यो प्रावधानले पार्टीलाई एकताबद्ध बनाउन नसक्ने बताइरहँदा महासचिव पोखरेलले भने पार्टीलाई एकताबद्ध नै गर्नका लागि यो प्रावधान गरिएको बताएका हुन्।

प्रकाशित: ३ श्रावण २०८२ २१:२९ शनिबार