१४ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

सांसदहरूलाई प्रधानमन्त्रीले भने- सधैं पार्टीको कार्यकर्ता मात्र नबन्नुस्, विज्ञता देखाउनुस्

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा रहेका प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई सधैं पार्टी राजनीतिमा मात्र नअल्झिएर आफ्नो विज्ञता मुलुकको दीर्घकालीन विकासमा लगाउन आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभाका प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले परम्परागत राजनीतिक विषयभन्दा माथि उठेर दीर्घकालीन नीति निर्माण र नवीन सोचमा केन्द्रित हुन निर्देशन दिए।

छलफलका क्रममा प्रधानमन्त्री शाहले भने, ‘तपाईंहरू आफैं प्राविधिक विषयमा जानकार हुनुहुन्छ र मुलुकको नीति निर्माण गर्ने थलोमै पुग्नुभएको छ। त्यसैले देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।’

प्रधानमन्त्री शाहले सांसदहरूलाई दलीय राजनीतिकोसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि उत्तिकै प्राथमिकतामा राख्न सुझाव दिए।

आवधिक निर्वाचन वा राजनीतिक गतिविधिका बेला पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा सांसदहरूले आफ्नो विज्ञतालाई देश विकासको योजनामा रूपान्तरण गर्नुपर्ने धारणा प्रधानमन्त्री शाहले राखे।

प्रकाशित: १४ आश्विन २०८३ १५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App