१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री शाहले संसद्‍मा आएर हाम्रो प्रश्नको जवाफ दिनुपर्छ : सांसद साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरूले सोधेका प्रश्नहरूको जवाफ संसद्‍बाटै दिनुपर्ने बताएका छन‍्।

प्रतिनिधि सभाको बिहीबारको बैठक सुरु हुने बित्तिकै आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए। सो क्रममा उनले यस्तो बताएका हुन्। 

सांसद राईले संसद् नियमावलीमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र दिनुपर्ने भए पनि वैशाख २८ गते राखेका प्रश्नको जवाफ आफूहरूले आजसम्म नपाएको गुनासो गरे।

यस्तै, प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्नु नै राम्रो हुने बताए।

प्रतिनिधि सभामा सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा सांसद हर्क साम्पाङ देखिएका छन्।

साम्पाङले प्रधानमन्त्री शाह संसद्प्रति जिम्मेवार र उत्तरदायी नहुन्जेल सदनमा विरोध जारी राख्ने बताएर बुधबार पनि आफ्नो अडानलाई निरन्तरता दिए। यो निरन्तरता आज (बिहीबार) पनि जारी राखेका हुन्।

प्रकाशित: ७ जेष्ठ २०८३ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App