नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले जनप्रतिनिधिले सधैँ जनताको विश्वास जित्नेगरी काम गर्नुपर्ने बताएका छन्।
कानुन अध्ययन समाज नेपालद्वारा आइतबार आयोजित ‘भदौ ९, २०४५, भक्तपुर काण्ड पञ्चायती राज्यस्तरको षड्यन्त्रविरुद्ध कानुन व्यवसायीको भूमिका विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम’मा बोल्दै उनले जनतालाई विश्वासमा लिएर आफ्ना गतिविधि अगाडि बढाउनुपर्ने बताएका हुन्।
उनले भने, ‘भक्तपुर नगरपालिका किन काम हुनसक्यो, यसको रहस्य के हो भनेर आम रूपमा जिज्ञासा राख्ने गरेका छन्।’
संकटको बेला नेपाली जनतासँग नै सहयोग लिनु राजनीतिक दृष्टिले सही हुने उनले बताए। अध्यक्ष बिजुक्छेंले भक्तपुर काण्डको समयमा देशका धेरै वकिल, पत्रकार र बुद्धिजीवीहरूले नेमकिपालाई कानुनी प्रतिवाद गर्न र अन्य कार्यमा ठूलो सहयोग गरेको स्मरण गरे। कार्यक्रममा अध्यक्ष बिजुक्छेंले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गरेका थिए। रासस
प्रकाशित: २९ भाद्र २०८३ ०७:५२ सोमबार





