१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्डकै नेतृत्वमा पार्टी रूपान्तरण जरूरी: श्रेष्ठ

फाइल तस्बिर।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी रूपान्तरणको आवश्यकता रहेको बताएका छन्।

आज महेन्द्रनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले क्रान्तिकारी र शक्तिशाली पार्टी निमार्णका लागि रूपान्तरण आवश्यक रहेको बताएका हुन्।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी केन्द्रकै नेतृत्वमा सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्ने गरी अगाडि बढ्नुपर्ने भन्दै त्यसका लागि पार्टी रूपान्तरण अपरिहार्य रहेको धारणा राखे।

“त्यति मात्रै होइन सबै वामपन्थी एकताका लागि निम्ति पनि हाम्रो पार्टी रुपान्तरण हुन जरूरी छ। त्यसपछि मात्रै सामाजिक न्याय, समृद्धि र समाजवादको कार्यभार पूरा हुनेछ”, उनले भने।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले हाल पार्टी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा पार्टी रूपान्तरण हुनुपर्ने बताए। उनले मुलुकको अहिलेको परिस्थितिलाई यथास्थितिमा राख्न नहुने धारणा राखे।

यथास्थितिलाई सकारात्मक ढङ्गबाट हस्तक्षेप गर्न सके समृद्धि र समाजवादको लक्ष्य पूरा हुने दिशातर्फ जान सकिने भन्दै त्यसो हुन नसके मुलुकमा अराजकता र प्रतिगमनको खतरा बढ्नसक्ने श्रेष्ठको भनाइ थियो।

उनले माओवादी केन्द्रले हाल वामपन्थीसँग एकताको प्रस्ताव गरेको र छलफलका लागि वार्ता टोली बनाउन अन्य दलहरूलाई आग्रह गरिएको बताए।

प्रकाशित: २६ श्रावण २०८२ २०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App