१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्छ : भण्डारी

नेकपा (एमाले) का नेता विद्यादेवी भण्डारीले पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्ने बताएका छन्। मङ्गलबार (आज) मदन भण्डारी फाउन्डेसनद्वारा काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएकी हुन्।

'पार्टी भनेको नीति, सिद्धान्त, विचार र कार्यक्रममा चल्छ। त्यसलाई संस्थागत रूपले अगाडि बढानुपर्छ। कहिलेकाहीँ व्यक्तिको अभाव हुनसक्छ। तर, पनि थुप्रै हामीसँग योग्य व्यक्तित्वहरू हुनुहुन्छ र आशा राखेर नै अगाडि बढ्नुपर्छ भनेर नै अगाडि बढेको म यहाँहरूलाई जानकारी गराउँछु,' उनले भने।

यस्तै उनले पार्टी र आउँदो विधान महाधिवेशनमा आफ्नो जिम्मेवारीबारे पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने बताइन्। 'उहाँहरूले मलाई प्रतिनिधि, आमन्त्रित सदस्य वा के रूपमा कसरी सहभागी गराउनुहुन्छ, त्यो पार्टीले निर्णय गर्छ। तर, समग्रतामा देशभित्रका जनताको तहमा जसले काम गरिरहेको छ, उनीहरूको प्रतिनिधित्व चाहिँ हुनुपर्छ। मेरो जिम्मेवारीबारे पनि पार्टीले नै निर्णय गर्छ,' उनले भनिन्।

यो पनि पढ्नुहोस्

दुई पटकको संसद् विघटनबारे पूर्वराष्ट्रपति भण्डारी: कसैको दबाबमा होइन, संवैधानिक व्यवस्थाअनुसार गरेँ

प्रकाशित: ३१ असार २०८२ १७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App