३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ आज

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ आज (सोमबार) हुने भएको छ। बिहान ९:१५ बजे सार्वजनिक लेखा समितिको सभाहलमा सुनुवाइ हुने भएको हो।

समितिले असोज २३ गते सूचना प्रकाशित गरेर समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ तथा उनीहरू विरुद्ध परेका उजुरीमाथि आज छलफल गर्ने सूची तय गरेको थियो।

आज बस्ने बैठकमा प्रस्तावित राजदूतहरू विरुद्ध प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल गरिनेछ।

सरकारले यस पटक भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जबरालाई राजदूतमा प्रस्तावित गरेको छ।

प्रकाशित: २६ आश्विन २०८३ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App