२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

पद्मा अर्यालको प्रश्न : अर्थमन्त्रीले फाइल खोल्ने धम्की कसलाई दिनुभएको हो ?

नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ मागेको छ।

आइतबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलका नेता पद्मा अर्यालले जवाफ माग गरेकी हुन्। 

उनले अर्थमन्त्री वाग्लेले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा दिएको जवाफ आपत्तिजनक भएको बताइन‍्। 'अर्थमन्त्रीले जवाफ दिँदा जे चीज बताउनुभयो धेरै नै आपत्तिजनक कुरा बताउनुभएको छ। कसलाई लक्षित गर्नुभएको? फाइल खोल्ने धम्की दिनुभएको छ,' अर्यालले प्रश्न गरेकी छन्।

उनले टि स्टेटको फाइल खोलियोस् भन्दै आग्रह समेत गरिन्। उनले भनेकी छन्, 'टि स्टेटको पाइल खोलियोस्। यो हार्दिक आग्रह छ। ओम्नी हुन कि वाइडबडी हुन कि के के हुन्। ति खोलियोस्। साचो कुरा जे हो त्यो बाहिर ल्याइयोस्।'

छानबिनले सत्य ठहरिएन भने गम्भीर आरोप लगाउनेहरू कानुनी कठघरामा उभिन तयार हुनुपर्ने पनि उनको आग्रह छ।

प्रकाशित: १ असार २०८३ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App