१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

२४ घण्टा नबित्दै सरकारलाई पाँच हजारभन्दा बढी सुझाव

नेपाली जनताको आवश्यकता र अपेक्षालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरु गरेको ‘सुझाव सङ्कलन पोर्टल’ मा नागरिकहरूको सुझावहरु बढ्ने क्रममा देखिएको छ। 

सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियालाई पारदर्शी र सहभागितामूलक बनाउनको लागी सञ्चालनमा ल्याइएको सुझाव पोर्टलमा  सर्वसाधारणदेखी विभिन्न क्षेत्रका व्यक्तिहरुले सुझाव पठाएका छन्। 

शनिबार साझबाट सञ्चालनमा आएको उक्त पोर्टलमा आइतबार दिउँसो ३ बजेसम्म मात्रै ५ हजार बढि सुझाव दर्ता भइसकेका छन्। सरकारले राखेको विभिन्न १३ वटा क्षेत्रमध्ये सबैभन्दा बढी चासो शिक्षा, स्वास्थ्य र विज्ञानका क्षेत्रमा देखिएको छ। 

१३ क्षेत्र मध्ये अहिलेसम्म सबैभन्दा बढि सुझाव शिक्षा, स्वास्थ्य र विज्ञान क्षेत्रमा रहेको छ , जहाँ १ हजार २०९ सुझाव संकलन भएको छ । त्यसैगरी अर्थ, उद्योग र  वाणिज्य १ हजार २०७  वटा , पूर्वाधार विकासमा १ हजार ९० वटा ,सार्वजनिक वित्त व्यवस्थापन १४४ ,  अन्तरसरकारी समन्वय १ हजार १७  , वन तथा वातावरण ३७३ , कर्मचारी प्रशासन २५५  , नागरिक सेवा २३७  , भूमि प्रशासन १२८  , सामाजिक सुरक्षा १४६ , सुशासन २०५ , कानून तथा न्याय १३७  र अन्य २६१ वटा सुझाव संकलन भएको छ। 

नागरिकले आफ्ना सुझावको अवस्थाबारे जानकारी लिन पोर्टलमा ‘सुझाव ट्र्याक’ को सुविधा लिन सक्ने छन्। सुझाव ट्र्याकिङ प्रणालीले नागरिकका आवाजलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।   

प्रकाशित: २७ वैशाख २०८३ १५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App