३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

दिपक र सुलभलाई थुनामा पठाउन आदेश

सम्पत्ति शुद्धीकरणको आरोप खेपिरहेका चर्चित व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

अदालतले मङ्गलबार थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा छाड्न अस्वीकार गर्दै कारागार पठाउने निर्णय गरेको हो। अदालतको यो आदेशसँगै उनीहरू मुद्दाको किनारा नलागुन्जेल थुनामै रहनेछन्।

थुनामा पठाउने आदेशसँगै अदालतले सुलभ अग्रवालको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक उपचारको व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ। अग्रवालले स्वास्थ्य समस्या रहेको भन्दै विशेष सुविधाको माग गरेका थिए।

भट्ट र अग्रवालमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्तिलाई शुद्धीकरण गर्ने प्रयास गरेको दाबी गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विभागले उनीहरूको सम्पत्तिको स्रोत नखुलेको र वित्तीय अपराधमा संलग्न रहेको दाबी गर्दै करोडौँ बिगो दाबी गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपक भट्टलाई गत चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो। लामो अनुसन्धानपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको हो।

प्रकाशित: ३ असार २०८३ २०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App