प्रतिनिधि सभाको बैठकमा साझा रणनीति बनाउन विपक्षी दलहरु बैठक बसिरहेका छन्।
बुधबार सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू छलफलमा जुटेका हुन्।
प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता र कूटनीतिक मर्यादामा आँच पुर्याएको ठहर गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्। उनीहरु आफ्नो विरोधलाई थप सशक्त बनाउने तयारीमा छन्।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन।
प्रकाशित: २७ जेष्ठ २०८३ ११:४२ बुधबार





