प्रतिपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिनिधि सभाको बैठक पुनः अवरुद्ध गरेका छन्।
सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सकिएलगत्तै प्रतिपक्षी दलहरुले अवरोध गरेका हुन्। नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णीम वाग्लेले दिने तयारी भएपछि प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएका थिए।
प्रतिपक्षी दलका सांसदहरुले सभामुख डोलप्रसाद अर्यालको मर्यादालाई ध्यानमा राख्दै उनकै आग्रहमा छलफल चलाउन सहज वातावरण बनाइदिए पनि जवाफ भने प्रधानमन्त्री शाहले नै दिनु पर्ने अडान राखेका छन्।
प्रकाशित: ३१ वैशाख २०८३ १९:५६ बिहीबार





