१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा प्रतिपक्षले पनि सहयोग गरिरहेको छ : सांसद बुर्लाकोटी

प्रतिनिधिसभा सदस्य कवीन्द्र बुर्लाकोटीले संसद्‌भित्र प्लेकार्ड देखाएर विरोध गर्ने प्रवृत्ति अशोभनीय भएको बताएका छन्।

श्रम संस्कृति पार्टीका सांसदहरुले संसदमा नियमित विरोध गरेसगैँ उनले यस्तो प्रतिकृया दिएका हुन्।

बुधबार प्रतिनिधि सभाबाट बाहिरिएपछि ​सञ्चारकर्मीसँग कुरा गर्दै उनले हाल संसद्मा सौहार्दपूर्ण वातावरणमा छलफल भइरहेको र यसमा प्रतिपक्षले पनि सकारात्मक सहयोग गरिरहेको समेत बताएका छन्।

उनले संसद्को विशेष समय, आकस्मिक समय र शून्य समयमा उठाइएका विषयहरूले सदनमा उचित स्थान पाएका र ती समयहरूमा भएका छलफलबाट संसद्मा प्रवेश पाएका विषयहरूमा सौहार्दपूर्ण संवाद मात्र नभएर समस्याहरूको निकास पनि हुने आश्वासन दिएका छन्। 

प्रकाशित: ६ जेष्ठ २०८३ १७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App