१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

जो आफूलाई बदल्न सक्छ, उसैले मात्र देश बदल्न सक्छ: शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब देशको सबैभन्दा ठुलो दल मात्र नभई एकल बहुमतको दिशामा अघि बढिरहेको दाबी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति  शर्माले कांग्रेसमा पछिल्लो समय देखिएको आकर्षणले नयाँ राजनीतिक लहर सिर्जना गरेको बताए।

‘जो आफूलाई बदल्न सक्छ, उसैले मात्र देश बदल्न सक्छ भन्ने मान्यता कांग्रेसले बोकेको छ। महाधिवेशनपछि कांग्रेस नवीन र बदलिएको स्वरूपमा अगाडि बढिरहेको छ।’ उनले भने।

उपसभापति शर्माले नागरिकले खोजेको परिवर्तन र जेन-जी मुभमेन्टपछिको नयाँ सोचलाई कांग्रेसले मात्रै सम्बोधन गर्न सक्ने जिकिर गरे।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता-कार्यकर्ता र थामी समुदायका व्यक्तिहरू ठुलो संख्यामा कांग्रेस प्रवेश गरेका थिए।

महामन्त्री शर्माले केही दिनअघि मात्रै जसपाका तत्कालीन महासचिव मनिष मिश्र कांग्रेसमा फर्किएको सन्दर्भ उल्लेख गर्दै कांग्रेस अब सबैको साझा र भरोसायोग्य घर बनेको बताए।

प्रकाशित: ३ फाल्गुन २०८२ १८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App