३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपाको समानुपातिक सूचीमा मोरङ र चितवनबाट ४ देखि ६ जना मात्रै: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको समानुपातिक बन्दसूचीमा मोरङ र चितवन जिल्लाबाट अत्यधिक उम्मेदवार परेको भन्ने चर्चाको खण्डन गरेका छन्।

बुधबार पोखरामा सञ्चारकर्मीले मोरङ र चितवनमै यति धेरै समानुपातिक उम्मेदवार किन भए ? भनी सोधेको प्रश्नको जवाफ दिँदै लामिछानेले बाहिर हल्ला भएजस्तो ठुलो संख्या ती जिल्लाबाट नरहेको दाबी गरेका हुन्। 

सभापति लामिछानेले सञ्चार माध्यममा आएका समाचार र वास्तविकता फरक रहेको दाबी गरे। उनले भने, ‘तपाईंले समाचार पढ्नुभयो, तर २१ जना छैनन्। मैले चेक गरेँ, त्यस्तो छैन। त्यहाँबाट ४ देखि ६ जना साथीहरू मात्र हुनुहुन्छ।’

लामिछानेले ११० जनाको सूचीमा ८-१० जना चर्चित र चिनिएका अनुहार देखिँदा सबै त्यस्तै हुन् र निश्चित क्षेत्रका हुन् भन्ने भ्रम परेको बताए।

‘११० जनामा १० जना जति चर्चित अनुहार देखियो होला। तर तपाईंहरूले जुम्लाको साथीको चर्चा गर्नुभएन, किनकि उहाँलाई चिन्नुहुन्न,’ लामिछानेले भने, ‘हाम्रो सूचीमा मधेश, हिमाल, पहाड र पिछडिएका सबै क्षेत्रको प्रतिनिधित्व छ। तर ध्यान चाहिँ चर्चित मान्छेतिर मात्र गयो, जसले गर्दा धेरै उम्मेदवार एकै ठाउँका हुन् कि भन्ने भान पर्न गयो।’

प्रकाशित: १६ पुस २०८२ १८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App