२ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्दैन: राजेन्द्र लिङ्देन

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले प्राविधिक रुपले हारेपनि राजनीतिक रुपमा भने जितेको दाबी गरेका छन् ।

सोमबार सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्न नसक्ने बताए।

उनले भने, ‘एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्न सक्दैन् । एउटा चुनावको हार जितले कुनैपनि पार्टी रहन्छकि रहदैन् भन्ने निर्धारण गर्न सक्दैन् । अहिले प्राविधिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव नजिते पनि राजनीतिक रुपमा राप्रपाले यो पटकको चुनाव जितेको छ।’

प्रकाशित: ७ वैशाख २०८३ १५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App