२ मंसिर २०८३ बुधबार
image/svg+xml
राजनीति

आईजिपीमाथि खनिए ओली, भने : केपी ओली, शेरबहादुर, प्रचण्ड मजाकका पात्र हुन् यिनका ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आईजीपीविरुद्ध आक्रोश पोखेका छन्।

आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुन्ने अभिव्यक्ति दिएको भन्दै आईजीपीप्रति आक्रोश व्यक्त गरेका हुन्।

'आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा बोलेको सुन्छु म। आईजीपीको बोली यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु,' ओलीले भने, 'केपी ओली, शेरबहादुर, प्रचण्ड मजाकका पात्र हुन् यिनका?'

उनले आफूहरू पञ्चायती व्यवस्था, राणाशासन र निरंकुशताविरुद्ध संघर्ष गरेर आएको स्मरण गराउँदै प्रहरी प्रमुखको अभिव्यक्तिप्रति आपत्ति जनाए।

'६ महिनाको जागिर खाने सिपाहीले भन्छ, फलानालाई थुन्दिन्छु, ठट्टामजाक गरेको हो? तिनी जन्मिनु अगाडिदेखि आन्दोलनमा देशका लागि बाजी थापेर हिँडिराखेका छौँ। मजाक गर्ने हामीमाथि?' उनले प्रश्न गरे।

प्रकाशित: २ मंसिर २०८३ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App