२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

बालेन लक्षित ओली: बच्चाले आफैंलाई घोषणा गर्दैमा प्रधानमन्त्री हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहतर्फ लक्षित गर्दै बच्चाले आफैंलाई घोषणा गर्दैमा कोही प्रधानमन्त्री नहुने टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीले सोमबार झापामा आयोजित नेसनल भोलेन्टियर फोर्सको कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिलाई केटाकेटीको खेल नसम्झन चेतावनी समेत दिए।

बालेनको नाम नलिईकन सङ्केत गर्दै ओलीले भने, ‘म सुन्छु, प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने। कतिपय मान्छेले म प्रधानमन्त्रीको उम्मेदवार भन्दै हिँडेको सुनिन्छ। तपाईंहरूले बच्चाबच्चीलाई के हुने भनेर सोध्नुभयो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ। तर, बच्चाले घोषणा गर्दैमा त्यो भइहाल्ने त होइन नि ! उसले आफूलाई घोषणा गरिदियो, सकियो।’

ओलीले परिपक्व राजनीति र स्पष्ट एजेन्डाबिना पदको मात्रै घोषणा गर्नु बालहठ भएको बताए। ‘यस्तै मान्छेहरूलाई लाग्यो, ख्यालख्याल जस्तो। तर हामी एउटा भिजनका साथ, गन्तव्यका साथ समृद्ध नेपाल सुखी नेपाली बनाउने उद्देश्यका साथ काम गरिरहेका छौं,’ उनले भने।

अध्यक्ष ओलीले एमाले बाहेक अरु कसैले पनि आत्मविश्वासका साथ देश बनाउने योजना अघि सार्न नसक्ने दाबी समेत गरे।

प्रकाशित: ११ फाल्गुन २०८२ १६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App