४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिउँदमा चिसोले निर्वाचन हुँदैन भन्ने?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा पनि स्वीकार नगर्ने बताएका छन्।

पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधनमा अध्यक्ष ओलीले प्रधानमन्त्री शुशीला कार्कीलाई प्रश्न गर्दै यस्तो बताएका हुन्। उनले भने, 'प्रधानमन्त्रीले हिमालमा हिउँ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनेँ। यो कुनै हालतमा पनि स्वीकार्य हुँदैन।’

प्रधानमन्त्रीले हिमाली जिल्लामा हिउँ परेपछि निर्वाचन स्थगित हुने भन्ने अभिव्यक्तिमा ओलीले निर्वाचनको मिति तोक्ने बेलामा हिउँदमा चिसोले निर्वाचन हुँदैन भन्ने कुरा किन थाहा नभएको भन्दै प्रश्न गरे।

उनले भने, ‘पोहोर हिउँदभन्दा अघि जन्मेको बच्चालाई हिउँदमा हिउँ पर्छ भन्ने कुरा थाहा हुन्छ। अनि निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिउँदमा चिसोले निर्वाचन हुँदैन भन्ने कुरा?’

यस्तै, अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधली रहित हुनु पर्ने बताए। ‘निर्वाचनको तयारी निष्पक्ष, मतदान बिनाडर त्रास र प्रलोभनमा हुनुपर्दछ,’ अध्यक्ष ओलीले भने, ‘मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधिको अनदेखा हुनु हुँदैन। त्यसमा सबै चनाखो हुनुहोस।’

प्रकाशित: २२ माघ २०८२ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App