२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसलाई ओलीको आह्वान : संसद् पुनःस्थापनाको विकल्प छैन, यही बाटोमा आउनुस्

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकार निर्वाचन गर्ने बाटोमा अघि नबढेको र निर्वाचन गर्ने नियतमा पनि नदेखिएको दाबी गरेका छन्। बिहीबार भक्तपुर एमालेको सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।  

‘अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगबाट विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर अगाडि बढ्नुको विकल्प छैन,’ ओलीले भने, ‘मैले विश्वास लिएको नेपाली कांग्रेस पनि यही बाटोमा अगाडि बढ्नेछ।

अरु बाटो नै नरहेको पनि ओलीले बताए। ‘असंवैधानिक कुरालाई मान्यता दिएर हामी अगाडि बढ्नसकेनौं भने पछि ढिला भएछ भनेर पछुतो मानेर बस्नुपर्ने हुन्छ,’ उनले भने।

प्रकाशित: २३ आश्विन २०८२ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App