२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सरकार बनाउन ओली–प्रचण्ड–मसालबीच दुई बुँदे सहमति

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको समीकरण बनाउन नेकपा एमाले, नेकपा र नेकपा मसालबीच सहकार्यको सहमति भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच दुई बुँदे सहमति भएको हो।

सहमतिको पहिलो बुँदाले लुम्बिनी प्रदेशमा सरकार गठन तथा प्रदेशका विकास निर्माणका काममा सहकार्य गर्ने विषयलाई समेटेको छ। यसले प्रदेश सरकार गठनका लागि तीन दलबीच राजनीतिक सहकार्यको आधार तयार गरेको देखिन्छ।

त्यस्तै, दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने उल्लेख छ।

सहमति पत्रमा ओली, प्रचण्ड र मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन्।

लुम्बिनीमा सरकार गठनलाई केन्द्रमा राखेर भएको यो सहमतिले प्रदेश राजनीतिसँगै राष्ट्रिय राजनीतिक मुद्दामा समेत एमाले, नेकपा र मसालबीच सहकार्यको सम्भावना बढाएको छ।

प्रकाशित: २७ श्रावण २०८३ १८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App