४ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

एमाले सांसदलाई जनआवाज सशक्त बनाउन ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घीय सांसदरूलाई निर्देशन  दिएका छन्। 

एमालेको केन्द्रीय संसदीय विभागले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले तथ्यमा आधारित बहस, जनसरोकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसद्मा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास पनि व्यक्त गरे। 

‘बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र होइन। एमालेले राजनीतिक अनुभवलाई विज्ञहरूको ज्ञान, अनुसन्धान र बौद्धिक क्षमतासँग जोड्ने हिसाबले यो प्रशिक्षण गरेको छ’, उनले भने, ‘जनताको आवाज नीति निर्माण तथ्य र प्रमाणमा आधारित भएर अझ बुलन्द बनाउन, सरकार अझ बढी जवाफदेही बनाउन तपाईँहरू सक्षम, जिम्मेवार र दूरदर्शी प्रतिपक्षको नयाँ मानक स्थापित गर्न लाग्नुपर्नेछ।’ 

प्रकाशित: ३ श्रावण २०८३ १७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App