नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कोशी, मधेस, बागमती र राजधानी प्रदेशका नेता तथा सचिवालय सदस्यलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार ओलीले आज चार प्रदेशका नेता तथा सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गरेका हुन्।
अध्यक्ष ओलीले अब भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए।
प्रकाशित: १३ आश्विन २०८३ १३:५१ मंगलबार





